|

लमजुङ : अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरोको जोखिममा रहेका परिवारलाई मध्यनेपाल नगरपालिकाले स्थानान्तरण गरेको छ। 

अविरल वर्षाका कारण सोमबार बिहान नरपालिकाभित्र विभिन्न ठाउँमा पहिरो जाँदा विस्थापित भएका नगरपालिकाभित्रका ती परिवारलाई नगरपालिकाले सुरक्षित ठाउँमा सारेको हो। 

पहिरोका कारण जोखिममा परेकामध्ये मध्यनेपाल नगरपालिका ६ लामासोतीका २७, रानीपानीका ३१, भदौरेका ११ र गुम्वाबेसी ९ घरपरिवार रहेका छन्। त्यस्तै वडा नं. ९ रातामाटेका २१, वडा नंं ३ सूर्यपालका ५ र वडा नं. ४ चर्दी एक परिवार रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीहरुलाई  भोर्लेटारस्थित इशानेश्वर माध्यमिक विद्यालयमा स्थानान्तरण गरिएको हो। 

वर्षाका कारण घर जोखिममा परेसँगै अर्को व्यवस्थापन नभएसम्म तत्कालका लागि उनीहरुलाई सुरक्षित रहन अस्थायी स्थानान्तरण गरिएको नगरपालिकाले जनाएको छ। त्यस्तै पहिरोले पगिम्बाखोला, रिस्तीखोला, चर्दीखोला, गलाडीखोलामा आएको बाढीले विभिन्न स्थानमा क्षति पुगेको स्थानीयको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.