|
फाइल फोटो

डडेल्धुरा: सुदूरपश्चिमका दुई हजार ८ सय बढी कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। यहाँका विभिन्न अस्पताल र स्थानीय तहमा बनाइएका आइसोलेसनबाट सोमबार थप ६८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस ब्रिफिङमा कञ्चनपुरबाट ३४ र कैलालीबाट पनि ३४ जनालाई डिस्चार्ज गरिएको जानकारी दिए।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या दुई हजार ८ सय १९ पुगेको छ। सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि अछामका पाँच सय ४०, डोटीका पाँच सय ३५, कैलालीका चार सय ५९, कञ्चनपुरका चार सय ४९, बैतडीका दुई सय ९९ र डडेल्धुराका दुई सय ६७ जना डिस्चार्ज गरिएको छ। बाजुरा एक सय ७०, बझाङबाट ८७ र दार्चुलाबाट १३ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ।

यस्तै सुदूरपश्चिम प्रदेशका ५३ संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने बाँकी एक हजार चार सय २० जना भने घर र स्थानीय तहको क्वारेन्टाइनमा छन्। संक्रमितमध्ये यहाँ ८ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार टीकापुर अस्पतालमा २१, महाकाली अस्पतालमा १८, जिल्ला अस्पताल अछाममा १०, जिल्ला अस्पताल बाजुरा र डोटीमा दुई/दुई जना गरी ५३ जनाको उपचार भइरहेको छ। प्रदेश सरकारले कोरोना

अस्पताल तोकेको सेती प्रादेशिक अस्पतालको आइसोलेसन भने खाली रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार दुई सय ४७ पुगेको छ। सोमबार सुदूरपश्चिममा २१ नयाँ संक्रमित थपिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.