|

डडेल्धुरा : विषालु च्याउ खाँदा डडेल्धुरामा थप एक जनाको मृत्यु भएको छ।

शनिबार विषालु च्याउ खाँदा बिरामी परेकी नवदुर्गा गाउँपालिका ३ की ३५ वर्षीया बिस्ना धामीको मंगलबार मृत्यु भएको हो।​ बिषालु च्याउ खाँदा सिकिस्त बिरामी परेकी उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ।

यसअघि उनका ८ वर्षीय छोरा ललित धामीको विषालु च्याउ खाएरै आइतबार मृत्यु भएको थियो। जंगलबाट टिपेर ल्याएको विषालु च्याउ खाँदा धामी परिवारका ५ जना सदस्य बिरामी परेका थिए। 

बिस्नाका छोरा ललितको डडेल्धुरा अस्पतालमा उपचार हुन नसकेपछि सेती प्रादेशिक अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो।

उनका बांँकी तीन जना छोरीको सेती अस्पतालमै उपचार भइरहेको छ। तीमध्ये एकको अवस्था गम्भीर भएकाले आइसियुमा राखेर उपचार गरिरहेको अस्पतालले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.