|

काठमाडौं : शुक्रबार दुई जना ट्राफिक प्रहरीमा कोरोना पुष्टि भएपछि काठमाडौंको रामशाहपथमा रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत दुई सयभन्दा धेरै ट्राफिक प्रहरी क्वारेण्टिनमा बसेका छन्।

ट्राफिक प्रहरीको कोरोना रिपोर्ट पोजेटिभ आएपछि महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालसहित दुई सय जना महाशाखाभित्रै क्वारेण्टिनमा बसेका हुन्।  महाशाखाका प्रवक्ता वामदेव गौतमले कोरोना पुष्टि भएपछि स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गरेर भित्रै बसिएको जानकारी दिए।

उनीहरुको कोरोना परीक्षणको लागि स्वाब सङ्कलन गर्ने तयारी भएको छ।  उनीहरुको रिपोर्ट नआएसम्म ट्राफिक मुख्यालय बग्गीखानाबाट हुने सबै काम स्थगित गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.