|

बाँके : समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि जिल्ला प्रशासन कार्यालयले बाँकेले आइतबारदेखि तीन दिन लकडाउन गरेको छ।

सरकारी कर्मचारीसहित एकै दिन २९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रशासनले पुनः लकडाउन गरेको हो। लकडाउनका क्रममा बाहिर ननिस्कन आग्रह गर्दै प्रशासनले उल्लंघन गरे कारवाही गर्ने चेतावनी दिएको छ। अत्यावश्यक सेवा दिने कार्यालयबाहेक अन्य कार्यालय बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए।

लकडाउन घोषणापछि यहाँका मुख्य बजार सुनसान छन्। नेपालगञ्ज र कोहलपुरको मुख्य बजारका सवै पसल बन्द छन्। मुख्य सडकमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, औषधि व्यवसायी, खानेपानी जस्ता अत्यावश्यक सेवाबाहेकका पसल बन्द छन्।
 
यातायातका साधन संचालनमा नआएपछि नेपालगञ्ज र कोहलपुरका मुख्य सडक सुनसान छन्। फाट्टफुट खुलेका किराना पसल समेत गस्तीमा रहेका प्रहरीले बन्द गराएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.