खेलकुद

युरोपा लिग : सख्तर र सेभिल्ला सेमीफाइनलमा प्रवेश

साउन २८, २०७७

    काठमाडौं : युरोपा लिग फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ।  मंगलबार राति भएका दुई खेलमा सख्तर डोनेक्स र सेभिल्ला सेमिफाइनलमा प्रवेश गरेसँगै समीकरण पूरा भएको हो। 

    जर्मनीमा गएराति भएको खेलमा सख्तरले बसेलमाथि ४–१ को सहज जित निकाल्यो । सख्तरका जुनिएर मोराइसले खेलको दोस्रो मिनेटमा नै टोलीलाई १–० को अग्रता दिलाए। 
    टाइसनले २२ औँ मिनेटमा अग्रता दोब्बर बनाए। 

    खेलको ७४ औँ मिनेटमा एलन प्याट्रिकले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई जिततर्फ अगाडी बढाए। र डोमिल्सन कोरडिएरो डोस सान्तोसले ८८ औँ मिनेटमा गोल गर्दै शख्तरको फराकिलो जित पक्का गरे। 

    यस्तै गएराति नै भएको अर्को खेलमा उल्भसलाई १–० ले पराजित गर्दै सेभिल्ला पनि सेमिफाइनलमा प्रवेश गरेको छ।   सेभिल्लाको जितमा खेलको ८८ औँ मिनेटमा लुकास ओकाम्पसले गरेको गोल नै निर्णयक बन्यो। 

    अब सेमिफाइनलमा सेभिल्लाले म्यानचेष्टर युनाइटेडसँग खेल्ने छ। त्यस्तै सख्तर इन्टरमिलनसँग भिड्ने छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]