गुल्मी : देशभर कोरोना संक्रमण दर बढिरहँदा गुल्मीमा पनि कोरोना परीक्षणको तयारी तीव्र पारिएको छ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गत साउन ३ गते रेसुंगा नगरपालिकालाई पीसीआर मेसिन हस्तान्तरण गरेका थिए। सो मेसिनलाई संचालनमा ल्याउने तयारी गरेको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए।
सदरमुकाम तम्घासमा रहेको महिला विकास भवनमा कोरोना परीक्षण ल्याब संचालनका लागि तयारीलाई तीव्र पारिएको र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टोली आई अहिले अध्ययन गरेकाले जतिसक्दो छिटो ल्याब संचालनमा ल्याउने शर्माले दाबी गरे।
ल्याब व्यवस्थापन कार्य र उपकरणहरु परीक्षण कार्य भइरहेको गुल्मी अस्पतालका डाक्टर उत्तम पच्याले जानकारी दिए। गुल्मी जिल्लामै कोरोना परीक्षण ल्याब जति सक्दो छिटो संचालनमा ल्याउने गरी तयारी थालेको पच्याले बताए।
टेक्निकल सपोर्ट पाएनौँ
जिल्लामा पीसीआर परीक्षण नौलो पनि भएको र बीचमा टेक्निकल सपोर्ट पनि नपाएका कारण संचालनमा ढिला भएको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए।
अहिले केन्द्रको टेक्निकल टोली पनि आएको र भीटीएम खरिद कार्यलाई पनि नगरपालिकाले प्रक्रिया अगाडी बढाएको अर्यालले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।