|

काठमाडौं : कलाकार दीपाश्री निरौलाले एउटा कलाकार भएर अर्को सिनियर कलाकारबारे टिप्पणी गर्नु नै आफ्नो ठूलो भूल भएको बताएकी छिन्।

एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा अभिनेता राजेश हमालबारेमा दिएको अभिव्यक्तिका कारण सामाजिक संजालमा चर्को आलोचनाको सामना गरेकी उनले एक भिडियो पोष्ट गर्दै आफूलाई भूल फिल भएको उनले बताएकी हुन्।

निर्माता तथा निर्देशकसमेत रहेकी उनले आफ्नो जन्मदिन पारेर आज पोस्ट गरिएको भिडिओमा उनले यो घटनापछि आगामी दिनहरूमा सावधान हुने प्रतिबद्धता जाहेर गरेकी छिन्।

भिडियोमा उनले विगत देखी वर्तमानसम्मको यात्राका उतारचढावबारे बोलेकी छिन्। उनले आफूले तितो सत्य देखी छक्क पन्जासम्म दर्शकको धेरै माया पाएको र सफल भएपनि अन्तर्वार्ता दिन कुटनीतिक तरिका नजानेको जिकिर गरिन्।

उक्त घटनाले आफूलाई राम्रै शिक्षा दिएको बताइन्। 'ठूलो आँधीबेहेरी आउँदाखेरी एउटा ठूलो रुखमा कुहिएका फुलहरू जसरी झर्छन् नि ममा भएको कमीकमजोरीहरू यो घटनाले गर्दा झर्यो', उनले भनेकी छिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.