डडेल्धुरा : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) विरुद्ध मुम्बई इण्डियन्सले टस जितेर बलिङ रोजेको छ।
यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि आबुधाबीमा सुरु हुँदैछ। जारी सिजनमा दुबै टिमले एक खेलमा हार र एक खेलमा जित हासिल गरेका छन्। आरसिबीले पहिलो खेलमा सनराइजर्स हैदराबाद र मुम्बईले दोस्रो खेलमा कोलकाता नाइट राइडर्स (केकेआर) लाई हराएको थियो।
मुम्बई पहिलो खेलमा भने चेन्नई सुपर किंग्ससँग पराजित भएको थियो। यता आरसिबी दोस्रो म्याचमा किंग्स इलावेन पञ्जाबविरुद्ध पराजित हुन पुगेको थियो। दुबै टिमको अंक तालिकामा समान दुई अंक छ।
आरसिबी र मुम्बईबीच हालसम्म २७ पटक प्रतिस्पर्धा भएको छ। जसमा मुम्बईले १८ खेलमा जित हात पार्दा बैंग्लोर मात्र ९ खेलमा विजयी भएको छ। गत सिजन दुबै खेलमा मुम्बईले बैंगलोरलाई पराजित गरेको थियो। मुम्बई जारी आइपिएलको पहिलो खेलमा ६ रनले तथा दोस्रो खेलमा ५ विकेटले विजयी भएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।