सचेतकमा शाही, मन्त्रिमण्डल विस्तार गरिँदै

|

सुर्खेत : कर्णाली प्रदेशको राजनीतिक संकट समाधानको दिशामा अघि बढेको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका माधव नेपाल समूहका प्रदेशसभा सदस्यहरु ब्याक भएपछि राजनैतिक संकट समाधान भएको हो। 

मुख्यमन्त्री शाही र नेपाल समूहबीच सहमति भइसकेको छ। सहमति अनुसार नेपाल समूहले तीनजना मन्त्री र एक जना संसदीय दलको सचेतक पाउने भएको छ।

छलफलमा सहभागी एकजना प्रदेशसभा सदस्य तथा नेकपाका केन्द्रीय सदस्यले सैद्धान्तिक सहमति भएको बताए।  ‘छलफल अन्तिम चरणमा छ, सैद्धान्तिक कुरा भएको छ, केही समयपछि टुङ्गो लाग्छ’, उनले भने।

कुर्मराज सचेतक बने 

यसैबीच माधव नेपाल समूहका प्रदेश सभा सदस्य कुर्मराज शाही सचेतकमा नियुक्त भएका छन्। यसअघि सचेतक रहेकी सीता नेपाली प्रमुख सचेतकमा सोमवार मात्रै नियुक्त भएकी थिइन्।

यसअघि ७ सदस्य रहेको प्रदेशको मन्त्रिमण्डल बढाएर ८ सदस्यीय बन्‍न सक्ने पनि स्रोतले जानकारी दिएको छ। यससँगै यामलाल कँडेलको मुख्यमन्त्री हुने ‘मास्टर प्लान’ पनि तत्काललाई तुहिएको छ। 

कँडेल समूहले मंगलबार दिउँसो १ बजेका लागि बोलाएको संसदीय दलको बैठकमा नेपाल पक्षका सांसद उपस्थित भएनन्। साविकका माओवादीका सांसद उपस्थित भए पनि कोरम पुग्न सकेन।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आइतवार १८ जना प्रदेशसभा सदस्यले हस्ताक्षर गरी अविश्वासको प्रस्ताव पेश गरेपछि कर्णालीमा राजनीतिक संकट देखिएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.