काठमाडौं : गायिका सिर्जना खत्री (हाउडे माया) को नयाँ गीत एक्स–लभ सार्वजनिक भएको छ।
उनले आफ्नै युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेकी हुन्। गीतमा सिर्जनासँगै राजेन्द्र भट्ट (मिस्टर आरजेको) आवाज रहेको छ। सिर्जनाकै शब्द र संगीत रहेको गीतलाई योगेशकाजी बिसीले एरेन्ज गरेका हुन्।
उनको नौटंकी माया, लाहुरे माया र डबल माया हिट गीत हुन्। गीतको म्युजिक भिडियोमा पनि सिर्जना र राजेन्द्रलाई पनि देख्न सकिनेछ। उनिहरूसँगै नविन लम्साल र काजल परियारले अभिनय गरेका छन्। गीत अहिलेको युवा युवतीको मायाँ प्रेम र धोकाको विषयवस्तुमा आधारित छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।