|

जुम्ला : जुम्लामा चाडपर्वलाई लक्षित गरी ‘विशेष सुरक्षा योजना’ लागू गरिने भएको छ। चाडपर्व नजिकिFदै गर्दा आपराधिक घटना बढ्ने भएकाले जुम्लाका एक नगर पालिका र ७ वटा गाउँपालिकामा जिल्ला प्रशासन कार्यालयले व्यवस्था कडा पार्ने भएको हो।

शुक्रबार बसेको विपद्‌ व्यवस्थापन समिति बैठकमार्फत सुरक्षा निकायका अधिकारीहरूले चाँडै नै विशेष सुरक्षा योजना लागू गर्ने बताएका हुन्। जिल्ला प्रशासन कार्यालय जुम्लाले आयोजना गरेको सो बैठकमा अपराधिक गतिविधि रोक्नका लागी कुनै पनि मदिरा व्यवसायीले साँझ ८ बजेपछि मदिरा बिक्रीवितरण गर्न नपाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए।

प्रशासनका अनुसार दशैँमा कोरोना महामारी फैलनसक्ने भएकाले भीडभाड रोक्न चाँडै नै सुरक्षा योजना कार्यान्वयनमा ल्याउने जनाएको छ। दशैँ शुरू भएको दिनदेखि लागू हुनेगरी सुरक्षा व्यवस्था कडा पारिने भएको छ।

यसपटकको दशैँ कोभिड महामारीको बीचमा परेकाले संक्रमित अझै फैलने सम्भावना बढी छ। आपराधिक घटन पनि बढ्न सक्ने भएकाले जुम्ला प्रशासनले विशेष सुरक्षा योजना लागू गर्न थालेको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए। उनले भने, 'दशैँमा सर्वसाधारणलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउनेतर्फ प्रहरी प्रशासन प्रतिबद्ध छ।'

प्रशासनले उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै बजार अनुगमन तीव्र बनाएको छ। चाडपर्वमा कालोबजारी गर्नेलाई कडाभन्दा कडा कारवाही गर्ने समेत प्रशासनले बताएको छ। उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालयले समेत बजार अनुगमन थालिसकेको छ।

कोरोना संक्रमितको उपचार गर्ने अस्थायी अस्पताल निमार्णका लागी अध्ययन टोली गठन गरिने निर्णय पनि भएको छ। सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाको संयोजकत्वमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पूर्वाधार विकास कार्यालयका इञ्जिनियर ,नागरिक समाज जुम्ला र नेपाल पत्रकार महासंघका प्रतिनिधि गरी पाँच सदस्यीय समिति गठन गरिएको हो।

नेपाल सरकारको निर्देशानुसार मुगु, कालिकोट र डोल्पा जिल्लालाई सेवा दिने उद्देश्यले जुम्लामा पनि घुम्ती मानवीय सेवा केन्द्र स्थापना गरिने निर्णय भएको प्रशासनले जनाएको छ। चाडपर्वको समयमा बाहिरबाट जिल्ला भित्रिनेलाई सम्बन्धित स्थानीय तहका अध्यक्ष र वडा अध्यक्षले निगरानी गरी होम आइसोलेसनमा बस्न लगाउने निर्णय गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.