|

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उत्तरपुस्तिका धुल्याएकोबारे अनुसन्धान नगरेको आरोपमा स्नातकोत्तर भौतिक शास्त्रअन्तर्गत क्वान्टम मेकानिक्सका विद्यार्थी आशीष पौडेलले ०७७ असोज २१ गते  महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवाली, परिसरका एसपी सोमेन्द्र सिंह राठौर र मुद्दा शाखाका डिएसपी देवीप्रसाद पौडेलविरुद्ध उजुरी हाले।

त्यसलगत्तै काठमाडौं प्रहरीले कमजोर अनुसन्धान गरेको भन्दै महानगरीय प्रहरी कार्यालय रानीपोखरीले नयाँ छानविन समिति गठन गर्‍यो। प्रहरी कार्यालय रानीपोखरीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्यको संयोजकत्वमा असोज महिनामा नै तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। तर,अहिलेसम्म कुनै ठोस जानकारी सार्वजनिक हुन सकेको छैन।

समितिमा दुई जना प्रहरी निरीक्षक सदस्य रहेका छन्। प्रहरी कार्यालय रानीपोखरीका सूचना अधिकारी सुशील कुमार यादव भन्छन्,‘अहिले अनुसन्धानकै क्रममा छ। सर्वोच्व अदालतमा पनि मुद्‍दा परेकाले तत्काल केही कुरा सार्वजनिक गर्न मिल्दैन।’ यता,उजुरीकर्ता पौडेलले निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्नुपर्ने माग गर्दै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.