|

काभ्रे : नेपालीहरूको दशैँपछिको दोस्रो ठूलो चाड तिहार आउन केही दिन मात्र बाँकी छ। तिहारलाई फूलहरुको पर्वको रुपमा चिनिन्छ। यतिबेला गाउँ तथा शहरका बगैंचा तथा गमलामा फूलेका आकर्षक फूलले घर तथा आसपासको वातावरण नै मनमोहक बनाएको छ।

नेपालमा करिब ६ सय किसिमका फूल पाइने भए पनि तिहारमा सयपत्री, गोदावरी र मखमली फूलको माग बढी हुन्छ। झन् मखमली फूलले तिहारमा विशेष महत्व राख्छ। विगतका वर्षको तुलनामा यस वर्ष तिहार केही ढिलो परेकाले फूलहरु सबैतिर ढकमक्क फुलिसकेका छन्।



त्यस्तै छिटो नओइलाउने मखमली फूलको त बिक्री नै सुरु भइसकेको छ। तर सयपत्री र गोदावरी फूल चाहिँ चाँडै ओइलाउने हुँदा किसानले टिप्न हतार गरेका छैनन्। विशेषगरी फुलहरु लक्ष्मीपूजा र भाइटीकाको बेला बढी प्रयोग हुने गर्छ।

यस वर्ष विगतका वर्षमा जस्तो कोरोना महामारीका कारण फूलखेती धेरै भएको छैन। त्यस्तै, कोरोनाकै कारण उत्पदान भएका फूलले यसअघि बजार नपाए पनि तिहारमा भने राम्रो बजार पाएको छ। व्यवसायीहरूको अनुसार यस वर्ष फूलको माग पनि कम नै छ। गत वर्ष तिहारमा भारतबाट समेत फूल आयत गरेको भए पनि यस वर्ष नहुने भएको छ। गत वर्ष तिहारमा २५ लाख सयपत्री माला खपत भएको थियो।

यस वर्ष भने बजारमा १५ लाख मात्र मालाको माग रहेको व्यवसायीहरु भनाइ छ। तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउने गरिएको थियो।​ यस वर्षको लागि स्वदेशी उत्पादनले बजारको माग पुर्ति हुने व्यवसायीहरु बताउँछन्। त्यस्तै तिहार ढिला हुँदा सयपत्री फूल जोगाउनै मुस्किल परेको फूल व्यवसायहरुले बताए। पछिल्लो समय नेपालमा पुष्प व्यवसाय फस्टाउँदो क्रममा रहेको छ।​

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.