|

काठमाडाैं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संवैधानिक आयोगका पदाधिकारी नियुक्तिमा भएको ढिलाइमा सरकार मात्रै दोषी नभएको दाबी गरेका छन्।

संघीय संसदको संसदीय सुनुवाइ विशेष समिति बिहीबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिको रुपमा उपस्थित मन्त्री ज्ञवालीले यस्तो बताएका हुन्। 

पदाधिकारी नियुक्तिको सिफारिसमा संवैधानिक परिषद्को बैठक पटक पटक कोरम पुग्न नसकेका कारण बस्न नसकेको उनले बताए। सरकारलाई अप्ठ्यारो पारौं भन्ने दृष्टिले हेर्न नहुने पनि उनको भनाइ थियो।

भने, 'सरकारलाई अप्ठ्यारो पारौं वा भागबण्डा भन्ने हिसाबले हेर्नु हुँदैन। ब्रोडर प्रस्पेक्टिभबाट हेर्नुपर्छ। परिषद्को बैठक पटक पटक कोरम नपुग्ने र रोक्नुपर्ने स्थिति बन्नु हुदैन भन्ने मेरो आग्रह हो। लामो समय पदहरु खाली रहनु उपयुक्त होइन तर यसमा सरकार मात्रैलाई भन्नु उचित हुँदैन भन्ने म ठान्दछु।'

समावेशी ढंगले नियुक्ति गर्ने विषयमा सरकार प्रतिबद्ध र संविधानले गरेको व्यवस्थाप्रति अविचलित रहेको उल्लेख उनले गरे। एकीकृत समावेशी ऐन बनाउने सवालमा सरकार सकारात्मक रहेको पनि उनको भनाइ थियो।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.