ललितपुर : चोरीको नाटक गरी प्रहरीलाई अनावश्यक हैरानी दिएको अभियोगमा महालक्ष्मी नगरपालिका-१ बस्ने कान्छी पोडेलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
सानु कान्छा पोडेको घरबाट आइतबार दिउँसो नगद २६ लाख रुपैयाँ, २ थान सुनको सिक्री, बाला, झुम्का तथा चाँदीको पाउजु र २० तोला चाँदीको मन्दिरसमेत चोरी भएको प्रहरीलाई सूचना प्राप्त भयो।
चोरीको सूचना पाएलगत्तै महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले सूक्ष्म रुपमा अनुसन्धान गर्ने क्रममा चोरी भएको भनिएको उल्लेखित नगद तथा गहनासहितका सामानहरु घरधनी सानु कान्छाकी श्रीमती कान्छीले घरकै माथिल्लो तल्लाको पूजा कोठामा सेफभित्र लुकाएको अवस्थामा फेला परेको थियो।
त्यसपछि प्रहरीलाई झुटो सूचना र अनावश्यक हैरानी दिएको आरोपमा कान्छीलाई पक्राउ गरिएको र घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।