|

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बन्दा उत्तरी छिमेकी देश चीन दुखी नहुने बताएका छन्।

केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तन भएपछि चीनसँग विगतमा भएको सहमति कार्यान्वयन नहुने भनी भ्रम फैलाइएको भन्दै प्रचण्डले माओवादी नेतृत्वमा सरकार बन्दा चीन खुशी नै हुने बताए। माओवादी निकट पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने 'चीन अपरिपक्व र कच्चा देश होइन उसले माओवादी नेतृत्वको सरकार नचाहने भन्ने प्रश्नै उठदैन।'

चीनसँग आफ्नो पनि राम्रो सम्बन्ध रहेको भन्दै उनले भने 'चीनले नेपाल भारतसँग निहुँ खोजोस् भन्ने चाहन्दन नेपालको आन्तरिक एकता विग्रियोस् भन्ने पनि चाहन्न।'

सरकार फेरिएपछि चीनको राष्ट्रपति सि जिन पिङको भ्रमण रोकिने र चीनसँगको सम्झौता कार्यान्वयन नहुने भनी नियोजित ढंगले भ्रम फैलाइएको प्रचण्डले बताए।

एमाले अध्यक्ष ओलीले माओवादीले प्रधानमन्त्री बनाएको विर्सिएर भगवानले बनाइदिएको ठानेको प्रचण्डले आरोप लगाए। आफुहरुले सरकार गठन हुँदा भएका सहमति कार्यान्वयनका लागि पटक पटक आग्रह गर्दा पनि ओलीले कार्यान्वयनमा चासो नदेखाएको उनले बताए। अहिले अविश्वासको प्रस्ताव पेश भइसक्दा पनि सजिलो ढंगले बाहिरिनु भन्दा षड्यन्त्र गर्न थालेको प्रचण्डले आरोप लगाए।

प्रचण्डले सरकार विरुद्ध अविश्वास प्रस्ताव पारित भएपछि पनि एक पटक राष्ट्रिय सहमतिका लागि प्रयास गर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.