'ओलीको गुट विषको मह हो, दासको पछि नलाग्‍नुस्'

|

काठमाडाैं : नेपाल कम्यनिस्ट पार्टी प्रचण्ड–माधव समूहका अध्यक्ष माधव नेपालले केपी ओलीले कम्युनिस्टको नाम बर्बाद बनाएको आरोप लगाएका छन्। सुर्खेतमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्। 

'कम्युनिस्ट पार्टी बर्बाद भयो, कोरोनाले देश बर्बाद छ। विदेशमा नेपाली समस्यामा छन् भनेर पार्टीमा छलफल गरौं, मन्त्रीले राम्रो काम गरौंभन्दा केपीले मानेनन्,' नेपालले भने, 'उनी छाडा भएर चले, गल्ती भए पनि सही नभए पनि उनले भनेको मान्नैपर्ने हामी दास भयौं।'

उनले थपे, 'त्यसैले जनसमुदायहरू केपी ओलीले भनेका नमान्नुस्। साथीहरु केन्द्रीय कमिटीको लोभमा नजानुस्। अहिले केपी ओलीले ४४० लाई ५५६ बनाइदिए।'

ओलीसँग १०० मान्छे मात्रै भएका भन्दै विधान संशोधन गर्ने कुरा कहीँ नभएको काम भएको आरोप पनि लगाए। भने, 'ओलीले कहाँ सक्छन्। पार्टीको विधानमा दुई तिहाइले मात्र पार्टीको विधान संशोधन हुन्छ। केपी ओलीले रातारात फर्मान जारी गरेर पार्टीलाई सिध्याउन खोजेका पनि आरोप लगाए। ओलीले रेल र पानीजहाजको कुरा गरेर जनतालाई दुख मात्र दिएका उनको भनाइ थियो।  

केपी ओलीको गुट सडकछाप मात्र नभई सडकको धुलो पार्टी भएको नेता नेपालले टिप्पणी गरे। 'उतै जाऊन् सबै, धुलै धुलो होऊन्। त्यस्तो गुट हामीलाई चाहिँदैन। हामीलाई यही प्यारो छ।' आफूहरुको मुल घर यही भएको र आधिकारिक आफूहरु नै भएको नेता नेपालले बताए। 

गुलियो ओलीमा भुलेर गएका भन्दै साथीहरुलाई सबैलाई फर्कन उनले नेता तथा कार्कर्तालाई आग्रह गरे। केपी ओलीविरुद्ध जनमोर्चा उर्लिएको भन्दै सबै उता गएका साथीहरुलाई उनले फर्कन आह्वान गरे। 

आफ्नो पक्षकाले सबैतिर विशाल सभा गरेको र हजारौं हजार कार्यकर्ता सडकमा उतारेको उनले दाबी गरे। 'केपी ओलीको समूह सानो टुक्रो बन्दै गएको छ। केपी ओलीको गुट विषको मह हो। दासको पछि नलाग्न आग्रह गर्छ।' 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.