|

काठमाडौं : सर्वोच्च अदालतका चारजना पूर्वप्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ। 

पूर्वप्रधानन्याधीशहरू अनुपराज शर्मा, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अदालतको अवहेलना मुद्दा सर्वोच्चमा दर्ता भएको हो। यी चार प्रधानन्यायाधीशहरुले गत पुस २४ गते ओलीले ‘ असंवैधानिक’ तरिकाले प्रतिनिधिसभा विघटन गरेको निष्कर्ष निकाल्दै विज्ञप्ति निकालका थिए। 

विचाराधीन मुद्दामा टिप्पणी गर्दै अदालतको अवहेलना गरेको दाबीसहित  वकिलहरु राजाराम घिमिरे र लोचन भट्टराई लगायतले अवहेलनाको मुद्दा चलाउन पेश गरेको निवेदन दर्ता भएको हो। 

मंगलबार प्रधानमन्त्री ओली र पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध पनि अदालतको अवहेलनामा मुद्दा दर्ता भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.