|
फाइल फोटो ।

अवुधाविमा आज बाट शुरू हुने टी-१० लिगमा सोमपाल कामी र करण केसीको टिम खेल्ने भएको छ। १० ओभरको फरम्याटमा खेलिने लिग १० दिनसम्म चल्ने छ।

लिगको पहिलो खेलमा सोमपाल सम्मिलित टीम मराठा अरवियन्सले नर्दन वारियर्सको सामना गर्ने छ। १० ओभरको खेल साँझ ६ बजेदेखि शुरू हुनेछ। 

यसैगरी, दोस्रो खेलमा करण केसी सम्मिलित टीम पूणे डेभिल्सले डेक्कन ग्लाडियटर्सको सामना गर्नेछ। उक्त खेल सवा ८ बजेदेखि शुरू हुनेछ।

दुवै खेल शेख जायद रंगशालामा खेलाइनेछ।

आज हुने खेलको प्लेइङ सेटमा पर्ने खेलाडीको टुङ्गो भने लागिसकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.