|

काठमाडौं : सरकारले फेलोसिप ट्रेनिङ इन बोनम्यारो ट्रान्सप्लान्ट सेलुलर थेरापी’ लागि आवेदन मागेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटल नयाँ दिल्लीमा हुने फेलोसिपका लागि मन्त्रालयले स्वास्थ्य सेवाको स्थायी दरबन्दीमा रहेका  बालरोग विशेषज्ञहरूलाई ३ दिनभित्रमा निवेदन गर्नको लागि एक सूचना जारी गर्दै अनुरोध गरेको छ।

मन्त्रालयका अनुसार माघ १७ गतेसम्म निदेवन दिइसक्नुपर्ने सूचनामा जनाइएको छ। उक्त फेलोसिप तालिम लिन चाहने बालरोग विशेषज्ञले पिडियाट्रिक हेमाटोलोजि अंकोलोजी तालिम लिएको हुनुपर्ने मन्त्रालयको जारी सूचनामा उल्लेख छ।

निवेदन दिएका मध्येबाट मन्त्रालयले एक जना विशेषज्ञलाई उक्त फेलोसिप तालिमका लागि छनोट गर्ने सूचनामा उल्लेख छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.