|

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफैंले प्रधानमन्त्री बनाएको केपी शर्मा ओली सामन्तीको एजेन्ट भएको बताएका छन्। 

पार्टी एकतापछि महँगी भ्रष्टाचार अन्त्य गर्दै सबैलाई समानता र सम्मान गर्ने, राष्ट्रिय एकता सुदृढ गर्ने भन्दै आफूले बाँकी जीवन समृद्धिका लागि समर्पित गर्छु भनेको उनले स्मरण गराए। उनले भने, ‘तर आज आफ्नै पार्टीभित्रको आफैंले बनाएको प्रधानमन्त्री सामन्तीको एजेन्ट भए।’ 

प्रतिनिधिसभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलनअन्तर्गत रूपन्देहीको बुटवलमा आयोजित विरोधसभामा बोल्दै प्रचण्डले ओली तानाशाहीका रूपमा अघि बढेको आरोप लगाए । ‘ओली श्री ३ महाराज बन्न खोजेका छन् तर हेर्दै गर्नुहोला उनको निरंकुशता चु्ट्कीका भरमा सकिनेछ’ प्रचण्डले भने, फेरि एकपटक श्री ३ हुन चाहनेलाई लुम्बिनीले धराशायी बनाउनेछ भन्नेमा म विश्वस्त छु।’ 

गलत विचारविरुद्ध न्याय र स्वतन्त्रताको पक्षमा अपिल गर्न आएको उनको भनाइ थियो। पार्टी एकता र वाम गठबन्धनको कारण खुलाउँदै उनले पार्टी एकताले राजनीतिक अस्थिरताको अन्त्य भई समानताको न्यायतिर लान सकिने विश्वास गरेको बताए। 

देशलाई एक ढिक्का गराएर विकासको गतिमा अघि बढाउन पार्टी एकताको पक्षमा केपी ओलीसँग गएपनि पार्टी एकता तोड्ने काम भएको उनले बताए। 

विकास र नयाँ युगतिर जाने सम्झौता गरे पनि केपी ओलीले सबै सपना कुठराघात गरेका पनि उनले आरोप लगाए। सबैभन्दा ठूलो अदालत जनताको भएको भन्दै लुम्बिनीबासीको भूमिका यसमा ठूलो हुने उनले चर्चा गरे। हेर्नुहोला २ वर्षभित्र नयाँ नेपालको जग बस्नेछ प्रचण्डले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.