|

काठमाडाैं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आज (बिहीबार) पनि माइतीघर मण्डलामा संसद विघटनको विरोधमा धर्ना दिएको छ।

यो समूहले संसद विघटनको विरोधमा प्रत्येक दिन दुई घण्टा काठमाडौंको माइतीघरमा धर्ना दिने कार्यक्रम तय गरेअनुसार आज दोस्रो दिन पनि धर्ना दिएको हो।

संविधान, संघीयता, गणतन्त्र र जनमतको रक्षाका लागि धर्ना कार्यक्रम आयोजना गरिएको यो समूहले बताएको छ। धर्नामा सहभागी नेताहरुले धर्ना कार्यक्रम सांकेतिक आन्दोलन भएको बताएका छन्।

सात दशक लगाएर दशौं हजारको बलिदानबाट निर्मित संविधानलाई उलङ्घन गर्ने, 'कू' गर्ने काम भएकोले त्यसको विरोधमा धर्ना बसेको सहभागी नेताहरुले बताएका छन्।

संविधान, लोकतन्त्र, संघीयता, गणतन्त्र, समावेशिता र धर्म निरपेक्षता रक्षाको निम्ति आन्दोलन गरेको धर्नामा सहभागिहरुले बताएका छन्।

धर्नामा सहभागीहरुले ‘संसद विघटन गर्न पाइँदैन,' निरंकुशतन्त्र चाहिँदैन’, ‘संविधानको रक्षा गरौं, राष्ट्रियताको रक्षा गरौं’, ‘प्रतिनिधि सभाको असंवैधानिक विघटन खारेज गर’लगायत नारा लेखिएका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका थिए।

धर्नामा विघटित प्रतिनिधि सभाका सांसदहरु, प्रदेशसभा सदस्यहरु, संविधान सभाका सभासद लगायतको उपस्थिति थियो। धर्ना कार्यक्रम माघ २१ गतेसम्म चल्ने बताइएको छ।

केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.