|

मुग्लिङ : धेरैलाई थाहा नहुन सक्छ, मुग्लिङ नारायणगढ सडक खण्डको जलवीरेमाथि रहेको लामो झरनाको सुन्दरता।

जलवीरेदेखि करिब ५ सय मिटर उकालो लागेपछि मन लोभ्याउने प्राकृतिक झरना रहेको स्थलमा पुग्न सकिन्छ। चितवन जिल्लाको इच्छाकामना गाउँपालिका ६ जलवीरेमा रहेको लामो झरना पुग्ने सडक बनेपछि स्थानीय पर्यटकको चहलपहल सुरु भएको छ।

सरकार र समुदायको सहभागितामा झरना वरपर सुन्दरी करण भए पछि पर्यटकको आगमन सुरु भएको स्थानीय बताउँछन्। सरकारले झरना रहेको स्थलमा सडक, सिँढी, शौचालय, नुहाउनेस्थल लगायतका संरचना निर्माण गरेपछि थप रमणीय बनेको छ।

त्यहाँ डेढ करोडभन्दा बढी रकम खर्च भएको छ।  स्थानीय देव बहादुर गुरुङ स्थानीयले २०६७ सालदेखि पर्यटक ल्याउन प्रयास गरेको बताउँछन्। ‘बाग्मती प्रदेश सरकार र इच्छाकामना गाउँपालिकाले संरचना निर्माणमा सहयोग गरेपछि चहलपहल बढेको छ। हाल विदेशी पर्यटकहरू क्यानोनिङ्ग ९ डोरीमा झुण्डिएर झर्ने साहसिक खेल गर्नसमेत आउन लागेका छन्’ गुरुङले बताए।

केही तस्वीर झलक :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.