|

काठमाडौं :  अभियन्ता डा गोविन्द केसीसहित आज पनि माइतीघर मण्डलामा स्वतन्त्र नागरिकहरूले प्रतिनिधिसभा विघटनविरुद्ध अहिंसात्मक नागरिक प्रदर्शन गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा डा केसीको नेतृत्वमा आज मध्यान्ह १२ बजे शान्तिपूर्ण प्रदर्शन भएको हो।

प्रतिनिधिसभालाई विघटन असंवैधानिक रहेको र संविधानवादको रक्षा गर्न प्रदर्शन गरिएको प्रदर्शनमा सहभागीले बताएका छन्। प्रदर्शननमा प्रतिनिधिसभा मार्न पाइँदैन निरंकुश सरकार चाहिँदैन जस्ता नारा र पम्पलेट छन्।

प्रधानमन्त्री ओलीले गत पुस ५ गते संसद्‌ विघटन गर्दै मध्यावधि निर्वाचनको घोषणा गरेपछि उनी इतरका पक्षले आन्दोलन गरिरहँदा नागरिक अभियान्तहरु पनि सो कदमको विरोधमा उत्रिएका छन्।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.