|

जुम्ला : प्रहरीको कुटाइबाट स्थानीय बालकको मृत्यु भएको भन्दै मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालय जुम्लामा लोडफोड गरेका छन्। आन्दोलनकारीको ढुङगामुडा प्रहारबाट प्रहरीको गाडी  र महिला सेलको झ्यालका सिसा तोडफोड भएका छन्।

आन्दोलनकारी र प्रहरीबीच झड हुँदा  खलंगा तनावग्रस्त बनेको छ। प्रहरीले भीड तितरवितर गर्न लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको छ। झडपमा केही आन्दोलनकारी घाइते भएको प्रहरीले जनाएको छ।

गुठिचौर गाउँपालिका–३ का १४ वर्षीय पदम बुढाको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो। बुढासहित उनका सात जना साथीहरु माघ १८ गते जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए। उनीहरुलाई मोबाइल चोरीको आरोपमा प्रहरीले सामान्य सोधपुछ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए। 

‘छलफल र सोधपुछ पछि उनलाई छोडिएको हो’ काफ्लेले भने,‘मृतकका आफन्तले भने प्रहरीको कुटाइबाट मृत्यु भएको भन्दै प्रहरी कार्यालयमा नाराजुलुस सहित ढुङगामुडा गरे।’ फागुन ४ गते बुढालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लगिएकोमा ५ गते मृत्यु भएको थियो। आफन्तले खुटामा चोट लागेर सुन्निएको अवस्थामा उपचारका लागि अस्पताल ल्याएको बताएका छन्।  

प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक अनुपमंगल समालले ओपिडिमा उपचार गर्न ल्याइएका बुढाको अवस्था नाजुक भएपछि आईसियूमा राखेर उपचार थालिएको बताए। उनलाई श्वासप्रश्वासमासमेत समस्या रहेको अस्पतालले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.