|

कञ्चनपुर : ​बेदकोट नगरपालिका-२ स्थित दैजी छेला औद्योगिक क्षेत्र शिलान्यास गर्न आज प्रधानमन्त्री केपी शर्मा ओली कञ्चनपुर आउँदैछन्‌।

प्रधानमन्त्री ओली आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडाई गरिएको छ। पूर्व-पश्चिम राजमार्ग र शिलान्यास कार्यक्रम स्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले ठाउँ-ठाउँमा सुरक्षा चेकजाँचसँगै गस्ती बढाएका छन्‌। प्रधानमन्त्री ओली श्री एअरलाइन्सको जहाजमार्फत आज दिउँसो धनगढी विमानस्थलमा अवतरण गर्नेछन्‌। 

नेकपाका केन्द्रीय सदस्य कृपाराम रानाका अनुसार धनगढीबाट प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकोप्टरमार्फत दिउँसो १ बजे शिलान्यास हुने कार्यक्रम स्थलमा पुग्ने कार्यक्रम तय गरिएको छ। 

कार्यक्रमस्थल नजिकै विद्यालयको मैदानमा हेलिकोप्टर अवतरण गर्न अस्थायी हेलिप्याडसमेत निर्माण गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.