|

गोरखा : गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ बारपाक बजार एकै परिवारका तीनजना मृत फेला परेका छन्।

आज बिहान अबेरसम्म घरको ढोका नखुलेपछि स्थानीयले हेर्दा टिलबहालुर गुरुङको परिवारका सबै सदस्य मृत भेटिएका हुन्‌।

​८४ वर्षीय टिलबहादुर गुरुङ, अन्दाजी २२ वर्षीया बुहारी आइतकुमारी गुरुङ र १३ वर्षीया नातिनी उषा गुरुङ घरमै मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङले जानकारी दिए।

प्रहरी चौकी बारपाकबाट घटनास्थल पुगेको टोलीको मृतकहरूको मुखमा फिँज देखिएको जानकारी दिएको एसपी गुरुङले बताए।

अहिले जौबारी प्रहरी चौकीबाट थप टोली घटनास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। टोली त्यहाँ पुगेर अनुसन्धान गरेपछि घटनाबारे थप विवरण आउने एसपी गुरुङले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.