काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई नख्खु जेलमा कोच्ने विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले चेतावनी दिएका छन्।
सोमबार काठमाडौंको शान्ति वाटिकामा प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध आयोजित विरोधमा मिश्रले आफ्नो पार्टी सरकारमा पुग्नेबित्तिकै भ्रष्ट ओली र देउवालाई अख्तियार र सर्वोच्च अदालतमा लगेर उपचार गर्ने बताएका हुन्।
उनले भने, 'त्यसपछि आराम गर्न उहाँलाई नख्खु जेलको चौरमा पुर्याउँछौँ, नख्खु जेलको चौरमा जिन्दगीभर उहाँहरुले आराम गरेर बिताउनुहुनेछ।
आफ्नो पार्टी देशभक्तिको धरातलमा उभिएकाले संख्यामा सानो भए पनि एजेण्डामा अग्रणी रहेको भन्दै आफूहरु ठूला कुरा गर्न नहिच्किचाउने मिश्रले बताए। दलहरुले न्यायालयमा समेत भागबण्डा गरेकाले सर्वोच्चमा पार्टीका कार्यकर्ता पुग्ने गरेको भन्दै अध्यक्ष मिश्रले न्यायालयमाथि नै कालो पोतिएको बताए।
राज्यका हरेक निकायहरु पार्टीका भागबण्डामै गाँजिएकाले देशले दुःख पाएको उनको भनाइ थियो। अध्यक्ष मिश्रले समतामूलक समृद्धिका लागि नागरिकले पनि मन र मत परिवर्तन गर्नुपर्नेमा जोड दिए
तपाईंको ईमेल गोप्य राखिनेछ ।