स्थायी र केन्द्रीय कमिटी पनि बोलाउने

|

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षको सचिवालय बैठकले संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाउने प्रधानमन्त्री केपी शर्मा ओली समूहको निर्णय मान्य नहुने बताएको छ। 

प्रधानमन्त्री ओलीले प्रमुख सचेतक देव गुरुङलाई हटाई विशाल भट्टराईलाई सो जिम्मेवारी दिएका छन्‌। ओली समूहको यो निर्णय आफूहरूलाई मान्य नहुने प्रचण्ड-माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

साथै, सो समूहको सचिवालय बैठकले स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय पनि गरेको छ।

सोमबार नेकपाको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले पछिल्ला राजनीतिक घटनाक्रमको सन्दर्भमा छलफल गर्न छिट्टै स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको श्रेष्ठले जानकारी दिए।

त्यसैगरी, बैठकले पार्टीको आधिकारिकताको लागि आफूहरूले गरेको दाबीका आधारमा संविधान र दल ऐन अनुरुप छिट्टै निर्णय गर्न अनुरोध गरेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए।

उनले भने, ‘पार्टीको सचिवालय बैठकले पछिल्लो राजनीतिक घटनाक्रमका सन्दर्भमा पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक छिट्टै बोलाउने निर्णय गरेको छ। साथै, निर्वाचन आयोगले पार्टीको आधिकारिकता सम्बन्धि हामीले दाबी गरेको अनुरोधका आधारमा संविधान र दल ऐन अनुरुप छिट्टै निर्णय गर्नका निम्ति पनि हामीले अनुरोध गरेका छौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.