विराटनगर : मोरङको उर्लाबारी नगरपालिकाका प्रविण बाँस्तोलाको हत्या आरोपमा थप एकजना पक्राउ परेका छन्।
घरधनी रमेश गिरीलाई उर्लाबारीबाट आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। गिरीलाई आज मोरङ अदालत उपस्थित गराउने कार्यालयका प्रवक्ता मानबहादुर राईले जानकारी दिए। उर्लाबारी नगरपालिका–६ का रमेश गिरीको घरमा डेरा लिएर बसेका साथीको कोठामा सुतेकै रात प्रविनको गत पुस ५ गते मृत्यु भएको थियो।
प्रविणको परिवार र आफन्तले भने उनको मृत्यु नभइ हत्या भएको दाबीसहित आन्दोलन चर्काएपछि प्रहरीले कर्तव्य ज्यान कसुरमा अनुसन्धान गरेको थियो। प्रहरीले अहिलेसमम होटल सञ्चालक कुमार राई, मृतक प्रविणका साथी मेहरमान दर्जी र घरधनी गिरीलाई पक्राउ गरेको छ। राजेश रणपहेली, , दिपेश पौडेल र सुदिप परियार फरार रहेका छन्।
सरकारी वकिलको कार्यालयले गत बुधबार कर्तव्य ज्यान कसुरमा जिल्ला अदालत मोरङमा अभियोगसहित उपस्थित गराइएका होटल सञ्चालक राईलाई तीनलाख धरौटी र दर्जीलाई थुनामा राखेर पूर्पक्ष गर्न आदेश भएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।