|

काठमाडौं : चार लाख २९ हजारले कोभिड-१९ विरुद्धको खोप लगाउँदा ९ जनामा गम्भीर असर देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्राडा जागेश्वर गौतमले शुक्रबार कोरोना अधावधिक विवरणको जानकारी दिँदै यस्तो बताएका हुन्।

उनका अनुसार उनीहरूमा ए ई एफ आइको उच्च ज्वरो देखिएको थियो। एक हजार ९ सय ११ जनामा सामान्य असर देखिएको उनले जानकारी दिए।

उनका अनुसार सुई लगाएको भागमा दुख्ने,सुनिने,गाँठो पर्ने,टाउको दुख्ने,जिउ दुख्ने असर देखिएको छ। ‘जोर्नीहरु दुख्ने,मध्यम ज्वराे आउने जस्ता सामान्य असर देखिएको छ,’उनले भने,‘यतिधेरै संख्यामा करिब ११ सयमा देखिनु सामान्य हो।’

सरकारले माघ १४ गतेदेखि कोरोना खोप अभियान सञ्चालन गरेको थियो। अहिलेसम्म पत्रकार,स्वास्थ्यकर्मी,भन्सारमा कार्यरत कर्मचारीलगायतले खोप लगाइ सकेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.