विराटनगर : नेकपा दाहाल–नेपाल समूहका संसदीय दलका उपनेता टंक आङ्बुहाङले तत्कालै दल त्याग नगरेको बताएका छन्।
उपनेता आङ्बुहाङले थाहाखबरसँगको टेलिफोन सम्पर्कमा तत्कालै दल त्याग नगरेको र त्यागिहाले वैधानिक ढंगबाट पत्रकार सम्मेलन गरी घोषणा गरेर नै जाने बताए।
‘हाम्रो अन्तिम प्रयत्न यो पार्टी एकता कायम गर्ने नै हुन्छ। यो आन्दोलनलाई बचाउने नै हुन्छ,’ उनले भने, केही गर्दा हद छोडेर नेतृत्वहरु अगाडि बढेमा दुईवटा पार्टी भएमा एक समूह अंगाल्नैपर्ने हुन्छ।’
‘अहिले नै घोषणा गरी हालेको छैन उनी थप्छन्, 'जुन लाइनमा लागे पनि म आधिकारिक हिसाबले पत्रकार सम्मेलन गर्दै घोषणा गरेर नै जाने हो।’
पार्टीभित्रको आन्तरिक विवादलाई पार्टीभित्र नै मिलाउ भन्ने आफ्नो धारण रहेको बताउँदै आङ्बुहाङले शीर्ष नेताहरुले सम्पूर्ण अधिकार प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई सुम्पिने निर्णय गलत भएको भन्ने धारणालाई पत्रिकामा बङ्गाएर लेखिएको जिकिर गरे।
पार्टीभित्रको आन्तरिक विवाद पार्टीभित्र नै बहस गरेर छलफल गर्नुपर्छ भन्ने धारणा रहेको उनको भनाइ छ।
‘संसद् पुनर्स्थापना हुनु अघिदेखि नै शेरबहादुर देउवा, बाबुरामलाई प्रधानमन्त्री बनाउने भन्ने कुरामा मेरो विमति हो,’ उनले भने, 'जनादेश, मतादेश नेपाल कम्युनिस्ट नेकपालाई पाँच वर्षका लागि सरकार बनाउने माइन्डेट दिएको हो।’
आपसी अन्तरविरोध हल नगरी सम्पूर्ण अधिकार अर्काको पोल्टोमा लगाइदिने काम नेतृत्वले गरेको कामप्रति असहमति रहेको उनको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।