|

काठमाडौं : ओली समूहका नेता गोकुल बाँस्कोटाले प्रचण्ड–नेपाल समूहले फेरि क्याँउक्याउँ गर्न सुरु गरेको बताएका छन्। उनले प्रचण्ड-नेपाल समूहलाई अब नयाँ चटक गर्न समेत व्यंग गरेका छन्।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि बसेको पहिलो बैठक बहिस्कार गरेको भन्दै नेकपाको माधव–प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई व्यंग्य गरेका हुन्।

पुनर्स्थापनाको माग गरेर आन्दोलनमा गएका दलहरुले नै संसदको पहिलो बैठक अवरुद्ध गरेपछि बाँस्कोटाले सामाजिक सञ्जालमार्फत व्यंग्य गरेका हुन्। सर्वोच्चको फैसलापछि अग्रगमन भयो भन्दै लड्डु बाँडेकाहरू कता गए भन्दै उनले प्रश्न पनि गरेका छन्।

‘आफैँ पुनर्स्थापनाको माग गरे अनि बहिष्कार, त्यो पनि सदन चल्न हुँदैन भनेर। सूर्य पूर्वबाटै उदायो त किन हत्तु हैरान बनाउँदै दौड्या हुन्?' बाँस्कोटाले सामजिक सञ्जाल फेसबुक उनले लेखेका छन्, 'अस्ति त अग्रगमन भो भनेर लड्डु बाँड्या थे। अब ए–कता वा एकता जे चाहियो, सो पाइया छ। फेरि क्याउँक्याउँ? सकिएन बा! हे, कम्फरटेबल लौन, केही नयाँ चटक गर।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.