|

बैतडी : अप्टिकल फाइबर काटिदा बैतडी र दार्चुलामा चार दिनदेखि नेपाल टेलिकमको फोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ।

बैतडीको पाटन र खोड्पेको बीचमा अप्टिकल फाइबर काटिएकाले मोवाइल फोन, ल्याण्डलाइन र इन्टरनेट सेवा अवरुद्ध भएको हो। सोमबार उक्त क्षेत्रमा अप्टिकल फाइबर काटिएको नेपाल टेलिकम बैतडीले जनाएको छ।

फोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन्। नेपाल टेलिकमको जिएसएम मोबाइल सेवा, इन्टरनेट सेवा अवरुद्ध हुँदा दुवै जिल्लाका हजारौं ग्राहक मारमा परेका छन्। फोेन सेवा अवरुद्ध हुँदा सञ्चारविहीन हुनुपरेको दशरथचन्द नगरपालिका–५ का खेमराज भट्टले बताए।

काटिएको अप्टिकल फाइबर मर्मतको काम जारी रहेको नेपाल टेलिकम बैतडीका प्रमुख सुरेन्द्र कार्कीले जानकारी दिए। उनले भने,‘एक ठाउँको मर्मत गरिसकेका छौं, अर्को ठाउँको मर्मतको काम जारी छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.