|

चितवन : रत्ननगरस्थित गामबेशीको चेपाङ संरक्षण केन्द्रका चेपाङ बालबालिकाले होली मनाएका छन्। केन्द्रलाई विगत आठ वर्षदेखि खाद्यान्न सहयोग गर्दै आएका फ्रान्सेली नागरिकहरूसँग चेपाङ बालबालिकाहरूले होली पर्व मनाएका हुन्।

चेपाङ बालबालिकासँग होली मनाउन फ्रान्सेली नागरिकहरू मरी पल बेन्डट्टी, माइकल कोपाडो र निकोलस लिख्तनस्टाइगा चेपाङ संरक्षण केन्द्र पुगेका हुन्। बालबालिकासँग होली खेल्न पाउँदा एकदमै खुसी मिलेको उनीहरूले प्रतिक्रिया दिए।

उनीहरूले सुरूमा बालबालिकालाई रङ दलिदिए । त्यसपछि बालबालिकाले पनि उनीहरूलाई रङ लगाएर होली मनाए। बालबालिकाले पनि एकआपसमा पिचकारी हान्ने र रङ दलेर होली मनाए। फ्रान्सेली नागरिकहरूले वर्षेनी सात देखि आठ लाख रुपैयाँसम्मको खाद्यान्न र स्टेशनरी सहयोग गर्दै आएका छन्।

केन्द्रमा चितवन लगायत गोर्खा, धादिङ र मकवानपुरका चेपाङ बालबालिकाहरूले आश्रय लिइरहेका छन्। २०६९ सालमा स्थापना भएको गामबेशी चेपाङ संरक्षण केन्द्रमा हाल एक सय ४२ जना चेपाङ बालबालिका आश्रित छन्।

केन्द्रमा कक्षा १ देखि सिभिल इन्जिनियरिङसम्म पढ्ने बालबालिका आश्रित रहेको केन्द्रका अध्यक्ष केपी किरण शर्माले जानकारी दिए। उनीहरूको सवै खर्च केन्द्रले नै जोहो गरेको उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.