|

काठमाडौं : ईसेवामार्फत हवाईजहाजको टिकट काट्दा शतप्रतिशतसम्म क्यासब्याक पाइने भएको छ। आन्तरिक तर्फको एयरलाइन्सका कुनै पनि गन्तव्यको टिकट काट्ने यात्रुले यस सेवा पाउने छन्।

हरेक दिन तीनजनाले तीन हजारसम्मको टिकटमा शतप्रतिशत क्यासब्याक पाउने छन् भने त्यसभन्दा माथिको टिकटमा तीन हजार रूपैयाँ छुट पाउने ईसेवाले जनाएको छ। यो योजना ३१ चैतसम्म सञ्चालन हुनेछ।

यस्तै जाउँ है पोखरा अभियानअन्तर्गत पोखरा जाने यात्रुहरुले हवाई जहाजको टिकट काट्दा टिकट बुकिङ, होटल तथा रेष्टुरेन्ट तथा साहसिक खेलहरूमा आकर्षक छुट प्राप्त गर्नेछन्। यात्रुहरुले ईसेवामार्फत टिकट काटिसकेपछि ‘जाउँ है पोखरा’ भन्ने विवरणमा क्लिक गरी यस्तो छुट पाइउने छन्। होटल तथा साहसिक खेलमा छुट प्राप्त गर्न ईसेवाबाट प्रि-बुकिङ गर्नु पर्ने अथवा हवाई टिकट देखाउनु पर्नेछ। अहिले पश्चिमाञ्चल होटल संघ पोखरा र ईसेवाको सहकार्यमा जाउँ है पोखरा अभियानअन्तर्गत पोखरा घुम्न जान विभिन्न प्रवर्द्धात्मक कार्य भइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.