|

उदयपुर : नेकपा एमाले माधव समूहले अन्तरपार्टी संघर्षलाई तीव्र बनाउँदै जिल्ला जिल्लामा धमाधम समानान्तर कमिटी बनाइरहेको छ। यही क्रममा उदयपुरमा पनि ईश्वरमणि राउतको नेतृत्वमा एमालेको समानान्तर कमिटी बनेको छ। 

सो समितिमा साविककै एमाले जिल्ला अध्यक्ष ईश्वरमणि राउतले नेतृत्व लिएका छन्। उपाध्यक्षमा कैलाश बस्नेत, सचिवमा जयराम पंजियार, उपसचिवमा गीता खड्कालाई जिम्मेवारी दिइएको जिल्ला अध्यक्ष राउतले बताए। 

२०५ जनाको जिल्ला कमिटी बनेको छ। एमालेका पोलिटब्युरो सदस्य जगन्नाथ खतिवडाले सपथ गराएका छन्। ३ महिनाभित्र जिल्लाका आठ पालिका र ७५ वडा समिति बनाउने अध्यक्ष राउतले बताए।

जनवर्गीय संगठनहरु पनि निर्माण भएका छन्। युवाको नेतृत्व ओम श्रेष्ठलाई दिइएको छ भने विद्यार्थीको नेतृत्व प्रवेश ठकुरीले पाएका छन्। यस्तै गंगा राईको नेतृत्वमा अखिल नेपाल महिला संघ निर्माण भएको छ भने, किसान महासंघको जिम्मेवारी शिवकान्त चौधरीलाई दिइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.