काठमाडौं : भृकुटीमण्डपमा शुक्रबार सिटिइभिटी तालिम लिनेको भिड लागेको छ। शिक्षा तथा प्रविधि मन्त्रालयको व्यावसयिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना दोस्रोले तालिमका लागि फारम खुलाएपछि भीड लागेको हो।
परियोजनाका अनुसार अफसिजन भेजिटेवल प्रोड्युसर,असिस्टेन्ट वेटर,कमि,इलेक्ट्रोनिकल एपालाइन्स रिपियर,टेलरिङ लगायतको तालिम खोलिएको छ। बालबालिका समेत बोकेर महिलाहरु फारम भर्न आएका छन्।
लाइनमा बसेका मनिसा सुनुवारले कृषि तालिमको लागि फारम भर्न आएको बताइन्। त्यस्तै,फर्पिङबाट फारम भर्न आएका रबिना रानामगरले मन्टेश्वरी तालिम लिनका लागि फाराम भर्न आएका सुनाइन्। ‘फारामको लागि १० बजेदेखि लाईनमा बस्दै आएको छु,’उनले भनिन,‘धेरै भीडभाड छ कहिले पालो आउला र भरेर जाऊँ भनी लाइनमा बसिरहेको छु।’
केही तस्वीर झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।