|

बाग्लुङ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले कांग्रेस नेतृत्वमा चाँडै सरकार बन्ने दाबी गरेकी छन्।

नेपाल प्रेस युनियन बाग्लुङले आइतबार बागलुङ बजारमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा संग्रौलाले संघीय संसद सदस्यसमेत रहेकी उनले कांग्रेस नेतृत्वको सरकार चाँडै बन्ने दाबी गरिन्।

‘अभिव्यक्ति स्वतन्त्रतामाथि हस्ताक्षेप गर्ने, संविधानमाथि प्रहार गर्ने सरकार अब धेरै दिन टिक्दैन‚’ संग्रौलाले भनिन्‚  ‘अधिनायकविरुद्ध प्रदेशबाट सन्देश दिने काम सुरु भएको छ। हेर्दै जानुहोस्, नयाँ वर्षको उपहार नयाँ सरकार आउँछ।’

उनले कांग्रेस एमसिसीबारे सकारात्मक रहेको प्रष्ट्याइन्। कांग्रेस नेतृत्वको सरकारले एमसिसी पास गर्ने उनको भनाइ छ।

नेतृ संग्रौलाले सरकार देश खोक्रो बनाउन लागिपरेको आरोप लगाएकी छन्। सरकारले आफू निकट कार्यकर्तालाई भर्ती गर्न नचाहिएका आयोग तथा निकायहरूको गठन गरेको पनि उनको दाबी छ।

‘आफ्ना कार्यकर्ता भर्ती गर्न सरकार तल्लीन छ। त्यसका लागि नचाहिएका आगोग पनि गठन भएका छन्‚’ संग्रौलाले भनिन्, ‘अधिनायकवादी सरकार देश खोक्रो बनाउन लागेको छ।’

कोरोना महामारी जस्तो संवेदनशील समयमा सरकार भ्रष्टाचार बढाउने र सत्ता टिकाउने खेलमा लागेको उनको आरोप छ। ‘आफूलाई बचाउनमा लागिपरेको सरकारले कोरोना महामारीमा परेका जनता जोगाउने कुनै काम गरेको छैन‚’ उनले भनिन्‚ ‘जनताले सरकारबाट पनि असुरक्षित महसुस गरेका छन्।’

उनले विकास बालुवाटारमा स्विच थिचेर नहुने टिप्पणी गरेकी छन्। ‘स्विच थिचेर बाटोको उद्घाटन हुन्छ, काम हुँदैन्‚’ संग्रौलालले भनिन्‚ ‘हेर्नुस त सरकारले अस्पताल शिलान्यास गरेको ठाउँहरुमा जग्गा समेत भेटिँदैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.