|

काठमाडाैं : इन्डिइन प्रिमियर लिगअन्तर्गत आफ्नो तेस्रो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले कोलकोतासामु २ सय ५ रनको लक्ष्य दिएको छ। एमए चिदम्बरम स्टेडियममा टस जितेर ब्याटिङ रोजेको बेंग्लोरले ४ विकटे गुमाएर पूरै ओभर खेल्दै २ सय ४ रन बनाएको हो।  

उसका ग्लेन म्याक्सवेलले सर्वाधिक ४९ बलमा ७८ रन बनाए। यस क्रममा उनले ३ छक्कासँगै ९ वटा चाैका हानेका छन्। 

त्यस्तै एभिडि बिलियर्सले ३४ बलमा ७६ रन बनाए। यस क्रममा उनले म्याक्सवेल समान छक्का र चाैका बर्साए। उनी नट आउट रहे त्यस्तै देवदत्त पाडिक्कलले २५ रन बनाउन सके। कप्तान विराट कोहली भने जम्मा पाँच रनमा आउट भए। जम्मा ६ बल खेलेका उनले एक चाैका हानेका थिए। त्यस्तै किले ज्यामसनले ११ रन बनाउन सके। रजत पडिकर भने १ रनमा आउट भए। 

बलिङमा वरुण चक्रवर्तीले २ तथा प्याट कमिन्स र प्रसिद्ध कृष्णाले एक–एक विकेट लिए।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.