|

नुवाकोट : नेपाल पत्रकार महासंघ नुवाकोटको चुनावको अर्को मिति तोक्न पूर्व-अध्यक्षहरुले आग्रह गरेका छन्।

महासंघ नुवाकोटका पूर्वअध्यक्ष राजुमित्र खनाल र निवर्तमान अध्यक्ष प्रकाशकुमार अधिकारीले संयुक्त अपिलपत्र जारी गर्दै बैशाख ८ गतेका लागि तोकिएको चुनाव निष्पक्ष नहुने देखिएको भन्दै सर्वसम्मत सहमति गराई नयाँ मिति तोकेर पुनः निर्वाचन थाल्न महासंघ, केन्द्रीय समिति र प्रदेश समितिलाई आग्रह गरेका हुन्।

जबरजस्ती एकपक्षीय चुनाव गराइए आफूहरुले वैधानिकता दिन नसक्ने उनीहरूको भनाइ छ। नुवाकोटमा चैत २५ गते भएको चुनावमा धाँधली भएको उजुरी परेपछि प्राप्त प्रमाणहरुको छानबिन गरी केन्द्रीय निर्वाचन समितिले अर्को चुनाव गर्न निर्देशन दिएको थियो।

पहिलेकै निर्वाचन समितिले बैशाख ८ गतेका लागि अर्को चुनाव तय गरेपछि समितिकै एक सदस्य राम श्रेष्ठले अघिल्लो चुनावमा समितिकै मिलेमतोमा मतपत्रमा संकेत नं राखिएको र अपराधिक कार्य दोहोरिन लागेको भन्दै राजीनामा दिएका थिए।

हिजो अध्यक्ष पदका उम्मेद्धार उपाध्यक्ष पदका उम्मेद्धार रुपा अर्याल, नमराज सुवेदीले निर्वाचन समितिलाई मान्न नसकिने भन्दै शाखामा तालाबन्दी गरेका छन्।

पूर्व अध्यक्षहरुले निर्वाचन समितिको भूमिकामा कैफियत देखिएको, तालाबन्दी भएको, केन्द्रीय निर्वाचन समितिले धाँदली भएको ठहर गरेको अवस्थामा ८ गते (आज)का लागि तय भएको चुनाव रोकेर सहमती खोज्न आग्रह गरेका हुन्।

‘२५ गतेको निर्वाचनमा निर्वाचन समितिको गम्भीर त्रुटि तथा नियोजित रुपमा गरिएको लापरबाहीका कारण पुनः निर्वाचन गर्नुपर्ने अवस्थामा पुगेको र निर्वाचन समितिका सदस्यले निर्वाचन समितिको औचित्य पुष्टि गर्न नसकेको र नैतिकताको आधारमा राजीनामा दिएको, निर्वाचन समिति पनि कुनै अमुक पार्टीका पिछलग्गु

झोले कार्यकर्ताको भातृसंस्था मात्र भएको, निर्वाचनमा होमिएका उम्मेद्धारहरु फरक मत राखी प्रक्रियाबाट बाहिरिएको अवस्थामा हुने विवादित चुनावबाट चयन हुने नेतृत्व पत्रकार महासंघ नुवाकोटको सिंगो नेतृत्व बन्न नसक्ने हाम्रो ठहर छ’ अपिलमा भनिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.