|

बाग्लुङ : धौलागिरी अस्पतालमा पिसिआर मेसिन जडान गरिएको छ। मेसिन जडानपछि कोरोना संक्रमण परीक्षणका लागि स्वाब पोखरा पठाउने समस्या हट्ने भएको हो।

अस्पतालमा मेसिन जडान भए पनि सञ्चालन अनुमति भने पाएको छैन। केही दिनमै सञ्चालन गरिने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र बि पोखरेलले बताए।

सरकारले बाग्लुङसहितका देशभरका १० वटा अस्पतालमा पिसिआर मेसिन जडान गर्ने निर्णय गरे पनि लामो समयसम्म प्रकृयागत झण्झटले मेसिन खरिद भएको थिएन। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अनुमति दिएपछि मात्रै जडान भएको हो। बिहीबार प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीसहित सरोकारवालाले अस्पतालमा अनुगमन गरेर मेसिन जडान, बिरामीको उपचार तथा आइसोलेसनमा बसेका कोरोना संक्रमितको अवस्थाबारे अनुगमन गरेका थिए। टो

पिसिआर मेसिन ल्याएपछि अस्पतालको जमिनमुनिको तल्लामा मेसिन जोडिएको हो। चिसो स्थान भएकाले ल्याब तथा पिसिआर मेसिन जडानमा उपयोगी भएको अस्पताल व्यवस्थापन समितिका सदसय शालिकराम शर्माले जानकारी दिए। उक्त ल्याब सञ्चालनका लागि अस्पतालले जनशक्ति समेत व्यवस्थापन गरिसकेको छ। केही दिनपछि जिल्ला र छिमेकी पर्वत तथा बाग्लुङबाट संकलन भएको स्वाब समेत बाग्लुङमै परीक्षण गर्न सकिने उनले बताए।

सरकारी बजेटमा खरिद गरिएकाले जडान खर्च मात्रै अस्पतालले व्यहोरेको हो। यो मेसिनले एकैपटकमा ७० जनाको स्वाब परीक्षण गरिने अस्पतालका डा. नारायणप्रसाद कोइरालाले जानकारी दिए। यसअघि बाग्लुङमा संकलन गरिएको स्वाब पोखरा पठाउने गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.