|

काठमाडौं : १३ फर्म विरुद्ध नक्कली मूल्य अभिवृद्धि करको विजक प्रयोग गरी राजश्व छली गरेको अभियोगमा मुद्दा दायर गरिएको छ। राजश्व अनुसन्धान विभागले राजश्व छली गरेको अभियोगमा १३ वटा फर्म विरुद्ध उच्च अदालत पाटनमा शुक्रबार मुद्दा दायर गरेको हो।

सर्लाही स्थायी ठेगाना भई हाल ललितपुर हानगरपालिका १८ बस्ने अनिल गुप्ता एण्ड एशोसियसनसहित कुलेश्वर स्थित अंकुश ट्रेड एण्ड, थापा गाउँको सन्ध्या ट्रेडर्स लगायतका १३ फर्मका सञ्चालक १६ जनाविरुद्ध विभागले मुद्दा दायर गरेको हो।

विभागले यी फर्महरुले नक्कली मूल्य अभिवृद्धि करसहित आयकर कर समेतको नक्कली बिल प्रयोग गरी राजश्वमा ठूलो क्षति पुर्याएको भन्दै कुल २ अर्ब १९ करोड २७ लाख ९५ हजार ६१४ रुपैयाँ बिगो दाबी गरेको छ।

विभागका अनुसार यी कम्पनीहरुले मूल्य अभिवृद्धि करतर्फ कुल ६४ करोड ४० लाख ९७ हजार ८७२ रुपैयाँ र आयकर तर्फ १ अर्ब ५५ करोड ३६ लाख ९७ हजार ७२४ रुपैयाँ राजश्व छली गरेको अनुसन्धानबाट खुलेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.