प्रतिपक्षलाई आफ्नै सांसदप्रति शंका, फ्लोर क्रस हुनसक्ने डर

|

पोखरा : गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार टिक्ने सम्भावना देखिएको छ। प्रदेश सभाको विशेष अधिवेशनको तेस्रो बैठकमा निर्णयक मानिएको पार्टीका एक सांसद र एक स्वतन्त्र सांसद अनुपस्थित भएपछि सरकार टिक्ने सम्भावन देखिएको हो।

बुधबार दोस्रो पटकको प्रदेशसभा बैठक ४:३० का लागि बोलाइएको छ। यस बैठकमा प्रदेश सरकारमा नयाँ सरकार बन्ने या वर्तमान सरकार टिक्ने भन्ने कुराको छिनोफानो हुनेछ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनेछ।

प्रदेश सभाको विशेष अधिवेशनको बुधबारको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जवाफ दिएपछि मतदान हुने कार्यसूची छ। तर, प्रदेश सभाका दुई सांसद मतदानका गर्नका लागि पनि उपस्थित भएनन् भने गुरुङ नेतृत्वको सरकार टिक्ने पक्कापक्की छ।

प्रतिपक्षलाई आफ्नै सांसदप्रति शंका, फ्लोर क्रस हुनसक्ने डर

गण्डकीमा नयाँ सरकार गठनका लागि कसरत गरिरहेको प्रतिपक्ष दलले प्रलोभनमा परेर फ्लोर क्रस गर्न सक्ने भन्दै आफ्ना सांसदहरु सबैलाई दुई दिनदेखि सुविधासम्पन्न रिसोर्टमा राखेका थिए।

सरकार पक्षसँग मिलेर अविश्वासको प्रताव बिरुद्ध मतदान गर्न सक्ने डरका कारण प्रतिपक्षले सोमबार साँझदेखि आफ्ना सांसदहरुलाई विशेष रेखदेखसहित पोखराको लेकसाइडस्थित रिसोर्टमा राखेका हुन्।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका नेकपा माओवादी र काँग्रेसका २६ जना सांसदलाई पोखराको कुटी रिसोर्टमा राखिएको  हो। रिसोर्टको वेवसाइटमा उल्लेख भएअनुसार एउटा कोठाको दैनीक न्यूनतम १० हजार देखि २० हजार रुपैयाँसम्म पर्छ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका २८ जना सांसदमध्य दुई जना भने त्यस रिसोर्टमा बसेका थिएनन्। काँग्रेस र माओवादीका सांसदहरुलाई अझै पनि अन्य प्रदेशमा जसरी नै गण्डकीमा पनि फ्लोर क्रस हुन सक्ने डर छ।

के होला अब?

गण्डकी प्रदेशमा एमालेका २७, कांग्रेसका १५ र माओवादीका १२ र जनमोर्चाका ३, जसपाका २ र १ स्वतन्त्र सांसद छन्। गण्डकीमा नयाँ सरकार गठन गर्न अर्थात अविश्वास प्रस्ताव पास हुन वा विश्वासको मत लिन ३१ सांसद आवश्यक पर्छ।

तत्कालका लागि एमालेबाहेक चार दल एकजुट भएका कारण वर्तमान सरकार संकटमा परेको छ। जनमोर्चाले मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकारलाई साथ नदिने निर्णय गरे पनि संसदलीय दलका नेता कृष्ण थापा भने अहिलेको सरकारप्रति सकारात्मक नै छन्। राजमोका एक र स्वतन्त्र भनेका राजीव गुरुङ आजको चालु बैठकमा पनि अनुपस्थित छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.