|

दाङ : कोरोना भाइरस संक्रमणबाट दाङमा थप एकजना पुरुषको मृत्यु  भएको छ। घोराही उपमहानगरपालिका–१५ का ७७ वर्षीय पुरुषको आइतबार बिहान ८ बजे मृत्यु भएको कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए।

ती पुरुष बैखाश १२ गते अस्पतालको आइसियुमा  भर्ना भएका थिए। उनलाई कोरोनासँगै निमोनियाको संक्रमण रहेको वलीले जानकारी दिए।

त्यस्तै, अस्पतालमा अक्सिजनको अभाव भएको छ। संक्रमित बिरामी बढ्दै गएपछि लुम्बिनी प्रदेश सरकारले अस्पतालाई १०० बेडको बनाउने निर्णय गरे पनि अक्सिजन अभावमा अहिले ५० बेडमात्रै सञ्चालन भएका अस्पतालले जनाएको छ। अक्सिनको पर्याप्तता भएमा १०० बेड सञ्चालन गर्न सकिने अस्पतालका व्यवस्थापक वलीले बताए। 

अस्पतालमा अहिले दैनिक १२० सिलिण्डर अक्सिन खपत हुने गरेको छ। अस्पताललाई १०० बेड सञ्चालन गर्न दैनिक करिब ४०० सिलिण्डर अक्सिजन आवश्यक पर्ने उनले बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.