|

जनकपुरधाम : कोरोना संक्रमणको जोखिम नियन्त्रण गर्न धनुषामा स्थानीय प्रशासनले मंगलबार बिहान ६ बजेदेखि निषेधाज्ञा जारी गरेको छ। जिल्ला संकट व्यवस्थापन समितिको निर्णयअनुसार वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लागु गरिएको हो।

आइतबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न संक्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो। निषेधाज्ञाको अवधिमा अत्यावश्यकबाहके घरबाट नस्किन प्रशासनले आग्रह गरेको छ।

यस्तै‚ जिल्ला प्रशासन कार्यालय महोत्तरीले पनि नौ दिन जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ। आइतबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले वैशाख २२ गते बिहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए।

निषेधाज्ञा अवधिमा अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्किन आग्रह गर्दै उल्लंघन गरे कारबाही हुने समेत चेतावनी दिए।

निषेधाज्ञा अवधिमा के गर्न पाइन्छ? के पाइँदैन?

चलाउन पाउने सवारी साधन

१. एम्बुलेन्स, शववाहन, खाद्यसामग्री, औषधि‚ कुखुराको चल्ला‚ पशुपंक्षीको दाना‚ पानी‚ दुध‚ इन्धन‚ फलफूल तथा तरकारी बोकेको सवारी साधनहरु, निर्माण समग्री ढुवानीका सवारी साधन।

२. सरकारी नम्बर प्लेटको (दुई पांग्रे र चारपांग्रे) साधन, झण्डावाहक सवारी साधन, कूटनीतिक नियोगको सवारी साधन, प्रेस पास प्राप्त सवारी साधन।

३. नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, सार्वजनिक संस्थाका कर्मचारीको हकमा कार्यालयले जारी गरेको परिचयपत्र लगाएर हिँड्ने कर्मचारी सवार भएका सवारी साधन।

४. वैवाहिक कार्यक्रममा दुलाहा-दुलही सवारर सवारी समेत बढीमा १५ जना जन्ती मात्र बोकेको सवारी साधन।

चलाउन नपाउने सवारी साधन

१.  सार्वजनिक यातायात (जस्तै बस, ट्याक्सी, जीप, टेम्पो लगायत)।

२.  निजी सवारी साधन (चारपांग्रे, दुई पांग्रे)

खुला रहने सेवा

१. अत्यावश्यक सार्वजनिक सेवा (स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत्, खानेपानी आदि)

२. बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम स्वास्थ्य मापदण्ड पूर्णरुपमा लागु गरी सञ्चालन गर्ने)

बन्द रहने

१. अत्यावश्यकबाहेकका नियमित सेवा।

२.  सामाजिक संघसंस्थाका कार्य तथा सेवाहरु (स्वास्थ्य सुरक्षाबाहेक)।

खुला रहने व्यवसाय

१.  औषधि तथा औषधिजन्य पसल।

२.  पट्रोल पम्प।

३. खाद्यान्न, फलफूल, तरकारी, दुध/डेरी, ग्यास पसल (बिहान ७ देखि १० जबे र बेलुकी ४ देखि –७ बजेसम्म)

बन्द हुने व्यवसाय

१. होटल तथा रेष्टुरेन्ट, ब्युटीपार्लर, कपडा पसल, सैलुन, जिमखाना, सुनचाँदी, टेलरिङ, फुटपाथ पसल, शैक्षिक संस्था, ट्युसन सेन्टर।

२.  उद्योग कलकारखाना।

समुदाय तथा व्यक्तिले अनिबार्य रुपमा पालना गर्नुपर्ने:

१. विवाह, ब्रतबन्ध न्वारन, मृत्यु संस्कारलगायतका कार्यक्रममा अनिवार्य रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना र भौतिक दूरी कायम गरी बढीमा १५ मा सीमित भई सम्पन्न गर्ने, डिजे तथा ब्याण्ड बाजा नबजाउने।

२. औषधि उपचार एवं अत्यावश्यक कार्यमा बाहेक घरबाहिर ननिस्कने, निस्कनै पर्दा अनिवार्य रुपमा मास्क लगाउने, समूहमा नहिँड्ने, भौतिक दूरी कायम गर्ने।

३. मठमन्दिरहरुमा पुजारीले नित्य पुजा बाहेक अन्य सामुहिक पुजा तथा बलि बन्द गर्ने, कुनै मेला महोत्सव नगर्ने ।

४.  हाट बजार नलागाउने, खेलकुद प्रतियोगता नगर्ने, सार्वजनिक स्थलमा जम्मा नहुने, भिडभाड नगर्ने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.