|

काठमाडौं :  नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कमिसन नमिलेकै कारण प्रधानमन्त्रीनिकट व्यवसायीहरूले कोरोना भ्याक्सिन रोकेको खबरले लज्जित तुल्याएको उल्लेख गरेका छन्। 

महामारीको कहालीलाग्दो समयमा जनतामाथि ठूलो धोका भएको लेख्दै नेता कोइरालाले यो अपराध कदापि क्षम्य हुन नसक्ने बताएका हुन्।

पहिलो चरणको महामारीका बेला पनि ठूलो आर्थिक चलखेल गरी प्रधानमन्त्रीनिकट ओम्नी समूहलाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिइएको उनले उल्लेख गरेका छन्।

'पहिलो चरणको महामारीका समयमा ठूलो आर्थिक चलखेल गरी प्रधानमन्त्रीनिकट ओम्नी समूहलाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिइएको थियो,' उनले सामाजिक सञ्‍जालमा लेखेका छन्, 'देश र जनता कोरोना संक्रमणको महामारीमा रहेको समयमा स्वयं प्रधानमन्त्रीकै छत्रछायाँमा रहेका व्यावसायीहरूले जनस्वास्थ्यमाथि गरेको यति ठूलो अपराध र बेइमानी कदापि क्षम्य हुन सक्दैन।'

यसको सबै जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने र समय आएपछि जनताले यसको हिसाब गर्ने कोइरालाले लेखेका छन्‌।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.