|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले  कोभिड–१९ संक्रमणबाट जोगिन स्वास्थ्यका सबै मापदण्ड पालना गर्न आग्रह गरेको छ। कोरोनाबाट बच्न भौतिक दूरी कायम र मास्कको अनिवार्य प्रयोगलगायत मापददण्ड सबैलाई पालन गर्न सो पार्टीले अपिल गरेको छ।

कोरोनाले निम्त्याएको विपद्को हालको समयमा जनताको सेवामा पूर्ण रुपले समर्पित हुन दलका सबै तहका नेताकार्यकर्तालाई राप्रपाले आह्वान गरेको छ।

पार्टीका अध्यक्षत्रय पशुपतिशम्शेर जबरा, डा प्रकाशचन्द्र लोहनी र कमल थापाले शनिबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नागरिकको जीवन रक्षाका निम्ति गम्भीर बन्न पनि सरकारको ध्यानाकर्षण गराएका छन्।

मुलुक कोभिड–१९ बाट नराम्रोसंँग जुधिरहेको, कैयौँ नेपालीले ज्यानसमेत गुमाउनु परेको, अस्पतालमा शैया र अक्सिजन आपूर्तिमा कमीका कारण उपचारमा समस्या पैदा भएका अवस्थामा खोपमा कमिशनका समाचारले जनतालाई स्तब्ध र आश्चर्यचकित तुल्याएको विज्ञप्तिमा उल्लेख छ।

साथै राप्रपाले खोपमा कमिसन लिने कार्यको छानबिन र कारबाहीको माग पनि गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.