|
फाइल फोटो

काठमाडौं : नेकपा एमाले फुटको अन्तिम कसरतमा पुगेको बेलामा दोस्रो तहका नेताहरू छलफलमा जुटेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने माधव नेपाल समूहको निर्णयपछि दुवै समूहका दोस्रो तहका नेताहरू छलफलमा जुटेका हुन्।

छलफलमा ओली समूहका नेता विष्णु पौडेलसँग माधव समूहका नेता घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टसँग छलफल गरिरहेका छन्।

आइतबार पनि सुवासचन्द्र नेम्वाङ र पौडेलले नेता नेपालसँग छलफल गरेका थिए। तर, सहमति बन्न सकेको थिएन। नेपाल समूहले भने आफ्ना मागहरू सम्बोधन नहुँदासम्म ओलीको पक्षमा मतदान नगर्ने अडान राख्दै आएको छ।

संसदमा ह्वीपविपरीत मतदानमा सहभागी हुँदा कारबाही प्रक्रियाबाट सांसद पद जाने भएपछि नेपाल पक्षधर समूहले संसदबाटै राजीनामा दिने निर्णय गरेका थिए। तर, सोमबार सिंहदरबारमा बसेको माधव समूहका सांसदहरूको बैठकले सामूहिक राजीनामा पनि नदिने र प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मतदान पनि नगर्ने निर्णय गरिसकेको छ।

आजको संसद् बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची छ।  २७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ जनामात्र सांसद छन्। सरकारलाई निरन्तरता दिन प्रधानमन्त्रीलाई १ सय ३६ भोट चाहिन्छ। एमालेकै नेपाल खनाल पक्षले ओलीलाई मतदान नगरेमा ओलीको सरकारले निरन्तरता पाउन सक्दैन।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.